१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप: दिल्ली युनाईटेड विजयी



धनगढी  । धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकपको शनिबार भएको खेलमा भारतको दिल्ली युनाईटेड विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ ।
पेनाल्टी सुटआउटमा काठमाडौं व्वाइज युनियनलाई ४–२ ले हराउँदै दिल्ली युनाइटेड अन्तिम आठमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रंगशालामा भएको रोमाञ्चक र निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टीम १–१ को स्कोरमा रहेपछि पेनाल्टी सुटआउट खेलाइएको थियो ।
खेलको पहिलो हापमा कुनै पनि टिमबाट गोल भएन । दोस्रो हाफको ५८ औं मिनेटमा दिल्ली युनाईटेडका के थोपीले गोल गरे । तर त्यसको नौ मिनेटपछि नै ब्वाइज युनियनका अभिषेक रिजालले गोल फर्काए ।
निर्धारित सयमभित्र थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा दिल्लीका डन लिप्चा, सन्दीप, रिशव र सिमेटले गोल गरे ।
व्वाइज युनियनका तर्फबाट रूपेश केसी र राजु मगरले मात्र गोल गर्न सफल भए ।
प्रतियोगिता अन्तर्गत आज (आइतवार) आयोजक सुदूरपश्चिम–११ र भारतको पञ्जाव फुटवल टीमबीच प्रतिस्पर्धा हुने क्लवका महासचिव प्रकाश शाहीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार