१४ बैशाख २०८१, शुक्रबार

एसियन मार्सल आर्टमा नेपाललाई पाँच रजत



धनगढी । थाइल्यान्डको च्याङमाईमा भएको एसियन मार्सल आर्ट च्याम्पियनसीमा नेपाली टोलीले पाँच रजक र पाँच काँस्य पदक जितेको छ ।
प्रतियोगितामा कैलालीका तेजबहादुर सिंहले ६०–६५ केजी तौल समूहमा दुई रजक र एक काँस्य पदक प्राप्त गरे ।
त्यस्तै, नमराज बिष्टले ५५–६० केजी तौल समूहमा दुई रजत र एक काँस्य, दाङकी भिस्माकुमारी चौधरीले एक रजक र दुई काँस्य तथा महोत्तरीका सञ्जीवकुमार चौधरीले एक काँस्य पदक जितेको जनाइएको छ ।
प्रतियोगितामा २० बढी देशका खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार