१४ बैशाख २०८१, शुक्रबार

कैलालीको चुरेमा एमाले र जोशीपुर कांग्रेस विजयी



धनगढी । कैलालीका १३ स्थानीय मध्ये दुई तहको परिणाम प्रकाशित भएको छ । परिणाम आएका दुईमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले १/१ स्थानमा जीत हासिल गरेका छन् ।
सवैभन्दा पहिले परिणाम प्राप्त कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकमा एमालेका धनवहादुर रोक्कामगर र उपाध्यक्षमा पनि एमालेकै दीपादेवी साउद विजयी भएकी छन् । निर्वाचन अधिकृत कृष्णवहादर वोहरा अध्यक्ष रोक्कामगरले मत पाएका थिए भने उपाध्यक्ष साउदले मत पाएका छन्।
चुरेमा माओवादी केन्द्रले तेस्रो मत पाएको थियो ।
यस्तै फोरम लोकतान्त्रिकको किल्लाकोरुपमा रहेको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका रामकृष्ण चौधरी अध्यक्ष र गीता चौधरी उपाध्यक्षमा विजयी भएका छन् । निर्वाचन अधिकृत जीवननाथ पोख्रेलका अनुसार रामकृष्णले तीन हजार सात सय ३२ मत पाएका छन्थि। यस्तै उपाध्यक्ष चौधरीले तीन हजार सात सय ६८ मत पाइन्न्।
कांग्रेसलाई फोरम लोकतान्त्रिकका विरु चौधरी र किरण चौधरीले टक्कर दिएका थिए । अध्यक्षका प्रत्यासी विरुले दुई हजार सात सय ४१ पाइन् ।

यस्तै उपाध्यक्षका प्रत्यासी चौधरी तीन हजार चार सय ८९ मत पाइन् । विरु फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीका सहोदर दाजू र किरण सांसद जनक चौधरीकी श्रीमति हुन् ।

चुरेमा एमालेले चार वडा र काग्रेसले दुई वडा जितेको छ ।

कैलालीकाे माेहन्याल गाउँपालिकामा पनि एमालेले जितेकाे छ । साँझ घाेषणा भएकाे परिणाम अनुसार नवलिसंह रावल अध्यक्ष र पुजा बुढा उपाध्यक्षमा विजयी भएका हुन्र ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार