१४ बैशाख २०८१, शुक्रबार

डिसीए अन्तर विद्यालय क्रिकेट : दोस्रो चरणको खेल आजदेखि



धनगढी । धनगढीमा जारी डिसीए अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आज (बिहीबार) देखि दोस्रो चरणका खेल शुरु हुने भएका छन् ।
प्रतियोगितामा २९ टिम सहभागी भएकोमा नकआउटका आधारमा खेलाइएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ वटा टिम छनोट भएका छन् ।
आयोजकका अनुसार दोस्रो चरणमा धनगढीको क्यास्पियन, ग्ली, ज्योती, ब्रोडभिजन, ऐश्वर्य विद्या निकेतन, कैलाली विद्या निकेतन, स्टोन ब्रिज र एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै, एक्सिस विद्याश्रम, ग्यालेक्सी, सिद्धार्थ शिशु सदन, सैनिक आवासीय महाविद्यालय, लिटिल फ्लावर, एरिष्टो र ईमरेड एकेडेमी दोस्रो चरणमा प्रवेश गरेका छन् ।
दोश्रो चरणबाट उत्कृष्ट ८ टिमको छनोट भएर लिग चरणमा प्रवेश गर्ने जनाइएको छ ।
धनगढी क्रिकेट एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार तथा द्वितीय टिमलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार