१४ बैशाख २०८१, शुक्रबार

डिसिए अन्तर विद्यालय क्रिकेट : एरिष्टो र ब्रोडभिजन विजयी



धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा एरिष्टो इंग्लिस स्कूल ब्रोडभिजन विजयी भएका छन् ।
एरिष्टोले मोडर्न इंग्लिस स्कूललाई २० रनले पराजित गर्‍यो भने ब्रोडभिजनले कैलाली मोडललाई दुई विकेटले पाखा लगायो ।
टस जितेर पहिले व्याटिङ गरेको एरिष्टोले २० ओभरको खेलमा एक नौ रन बनायो । एरिष्टोका सुदीप कार्कीले २५, सन्जु ठगुन्नाले १६ र जेवीस आग्रीले २२ रन बनाए ।
बलिङतर्फ मोर्डन स्कुलका दिनेश विष्टले दुई तथा पारस बिष्ट, निराजन नेगी र सागर बिष्टले एक/एक विकेट लिए ।
एक सय १० रन विजयी लक्ष्यसहित मैदान उत्रेको मोडर्न स्कुल १९ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा सीमित भयो ।
मोडर्न स्कुलका मिलन सिहंले २६ र दिनेश बिष्टले १५ रन बनाए ।
एरिष्टोलाई २० रनले जिताउने क्रममा सञ्जु ठगुन्नाले तीन विकेट लिए । त्यस्तै, नरेश कार्की, खगराज कार्की र अनुज विष्टले दुई/दुई विकेट लिए ।
शुक्रबारको अर्को खेलमा टस जितेर व्याटिङ गरेको कैलाली मोडलले १८ दशमलव तीन ओभरमा ८२ रनमा अलआउट भयो । कैलाली मोडलका अर्जुन बिष्टले २२ रन बनाए ।
बलिङतर्फ ब्रोडभिजनका दिवस कठायतले तीन तथा दिवश सिंह र थानेश्वर बलायरले २/२ विकेट लिए ।
ब्रोडभिजनले ८३ रनको विजयी लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । ब्रोडभिजनका जनक ओझाले १५ र लोकेश भट्टले १० रन बनाए ।
बलिङमा कैलाली मोडलका नरेन्द्र बम र खगेन्द्र बुढाले समान दुई/दुई विकेट लिए । ब्रोडभिजनका दिवस कठायत म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार