१५ बैशाख २०८१, शनिबार

जैविक विविधता अनुगमनसम्बन्धी तालिम



पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बिहीबारदेखि ‘चरा पहिचान तथा जैविक विविधता अनुगमन सम्बन्धी तालिम’ शुरु भएको छ ।
नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोग र चरा संरक्षण नेटर्वकको आयोजनामा भइरहेको सो तालिममा विभिन्न सामुदायिक वनका वन हेरालुहरूको सहभागिता रहेको थियो ।
नेपाल पंक्षी संरक्षण संघका हिरूलाल डंगौराले घोडाघोडी ताल क्षेत्र वरिपरिका सामुदायिक वनका वन हेरालुलाई चरा पहिचान तथा जैविक विविधता अनुगमनमबारे क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको बताए ।
चरा नेटवर्क सुखडका अध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सेक्टर वन कार्यालय, पहलमानपुरका बन अधिकृत अनिरुद्र ठाकुर, सहायक बन अधिकृत शम्भुप्रसाद सिंह, बसन्ता वन परिषदका अध्यक्ष पुष्कल बम लगायतको उपस्थिति रहेको थियो ।
चरा पहिचान तथा जैविक विविधता अनुगमन तालिममा नेपाल पंन्छी संरक्षण संघका हिरू लाल डगौरा र चरा संरक्षण नेटवर्क सुखडका अध्यक्ष दयाराम चौधरीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार