१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशमाथिको महाभियोग स्वाभाविक– नेता रिजाल



लम्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा दर्ता भएको महाभियोग प्रस्ताव स्वाभाविक भएको बताएका छन् ।
उनले सो प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताए । बुधबार नेपाल प्रेस युनियन, लम्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डाक्टर रिजालले महाभियोग प्रस्ताव न्यायालयको सुधारका लागि ल्याइएको दाबी गरे ।
‘नेपाली काँग्रेस निर्वाचन चाहिरहेको छैन भनिदैछ नि ?’ भन्ने पत्रकारहरूको एक जिज्ञासामा उनले भने– निर्वाचन गराउन नचाहने तत्त्वहरूले मात्रै त्यस्तो आरोप लगाएको बताए । ‘छर्लङ्ग घाममा पनि अध्यारो देख्नेलाई के भन्न सकिन्छ’ उनले कांग्रेस पूर्ण रूपमा निर्वाचन होमिएको बताए ।
उनले दुवै चरणका स्थानीय तह निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे ।
उनले पहिलो चरणको निर्वाचन सकिए लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन जानकारी दिए ।
यसैबीच, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन बुधबार लम्कीमा भएको छ ।
सम्मेलनको नेता डाक्टर रिजालले उद्घाटन गरेका थिए ।
क्षेत्रीय सभापति भक्तबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद मानबहादुर महतो, महासमिति सदस्य कमलबहादुर शाह, जनकबहादुर बम, दलवीर साउँद, शिवा थापा, महाधिवेशन प्रतिनिधि विजय स्वाँर, सुमन सञ्याल, सूर्यबहादुर बटाला, देवानन्द जैशी, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी, गणेश शाही, ऋतु मुडभरी, ललित जैशी, दिनेश भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार