१४ बैशाख २०८१, शुक्रबार

सरकारका कारण दण्डहिनतामा बृद्धि



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले वर्तमान सरकारका कारण समाजमा दण्डहीनतामा बृद्धि भइरहेको आरोप लगाएका छन् ।
आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरेको “विद्यार्थीसंग प्रहरी” कार्यक्रममा नगर प्रमुख वडको आरोप थियोे– सरकारले अपराधलाई बैधता दिने गरेकोले समाजमा दण्डहीनतामा बृद्धि भइरहेको छ ।
उनले प्रहरीले मात्रै अपराधिक गतिविधि नियन्त्रण गर्न नसक्ने भएकाले सबै पक्षको समन्वय र सहयोग आवश्यक रहेको चर्चा गरे । भने– अरुमाथि दोष थोपरेर हुदैन, प्रत्येक नागरिकले समाजकाप्रतिको आफ्नो दायित्व बोध गर्नु आवश्यक छ ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिम्सेनाले समाजमा व्याप्त अपराध, बालबिवाह, घरेलु हिंसा जस्ता बिसंगती न्युनिकरणका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
सो अवसरमा कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर पदमराज जोशीले क्याम्पस वरिपरी प्रहरी सुरक्षा गस्ती बढाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता बिनय लामा, स्ववियू सभापती चुरामणी भट्ट, डम्मर भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार