१४ बैशाख २०८१, शुक्रबार

नयाँ वर्षमा दौडिने तयारी पुरा



धनगढी । धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गरिने हाप म्याराथुनको तयारी पुरा भएको जनाएको छ ।

जेसिजले २१।१ किलोमिटरको दौड अथवा हाफ म्याराथनको छैठौँ संस्करणलाई हरेक वर्षझै यो वर्ष पनि वैशाख १ गते नै आयोजना गर्न लागेका हो । युवालाई यस क्षेत्रको सम्रग विकासमा अग्रसर गर्ने उद्धेश्यले ‘अव धनगढी दौडिन्छ’ नाम दिइएको सो म्याराथुन आयोजना गरिन लागेको जेसिजले जनाएको छ ।

प्रतियोगिताको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ । धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीका अनुसार छैठौँ  पटक आयोजना हुन लागेको हाप म्याराथुनमा नेपाल तथा भारतका गरी १५ सय जनाको सहभागी हुने बताए ।

दुई वटा विधामा आयोजना हुन लागेको म्याराथुन प्रतियोगिताका संयोजक लोकबहादुर भट्टले जनाए । प्रतियोगिताका विजेतालाई ५५ हजार ५ सय ५५, उपविजेतालाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिने भट्टले बताए । उनले कर्पोरेट र सञ्चार तर्फ प्रथमलाई ५ हजार ५ सय ५५, द्वितियलाई ३ हजार ३ सय ३३ र तृतियलार्इ २ हजार २ सय २२ प्रदान गरिने जनाए ।

धनगढीको क्षेत्रीय रंगशालादेखि शुरु हुने हाप म्याराथुन गेटा पुगेर पुनः क्षेत्रीय रंगशाला २१ किलोमिटरमा समापन हुने जनाइएको छ । धनगढी जेसीजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा म्याराथनको आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार