१४ बैशाख २०८१, शुक्रबार

लम्की–टीकापुर सडकको खाल्डाखुल्डी सम्याउदै जानकी



लम्की । कैलालीको लम्की–टीकापुर सडक खण्डमा परेका खाल्डाखुल्टी जानकी गाउपालिकाले पुर्न थालेको छ ।

जानकी गाउँपालिकाले लम्की–टीकापुर सडकको आफ्नो सिमानाभित्र पर्ने खण्ड अन्तरगत लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ भुरुवादेखि टीकापुर नगरपालिकाको सिमानासम्म खाल्डाखुल्डी पटानी कार्य शुरु गरेको छ ।

जानकी गाउपालिका उपाध्यक्ष उमा महतोको अगुवाईमा सोमबारदेखि सो कार्य शुरु भएको जनाइएको छ । सडक मर्मत कार्यमा वडा नम्बर ५ का अध्यक्ष भिम थारु, कार्यपालिका सदस्य शान्ती विक र अनिता चौधरी, गाउपालिकाका योजना शाखा प्रमुख लेखनाथ उपाध्ययाय, ओभरसियर अशोक चौधरी लगायतको सहभागिता रहेको थियो ।
गाउपालिका अध्यक्ष प्रदिपकुमार चोैधरीले लम्की–टीकापुर सडकखण्डमा पुनः कालोपत्रे गर्न गाउ“पालिकाले पटकपटक संघीय तथा प्रदेश सरकार र सडक डिभिजन कर्यालयलाई अनुरोध गरे पनि कुनै सुनुवाई नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार