१९ बैशाख २०८१, बुधबार

कतिपय सरकारी कार्यालयमा नागरिक बडापत्र नै छैन



गोविन्द बीसी/बौनिया । कैलालीका थुपै्र सरकारी कार्यालयमा नागरिक वडापत्र नै राखिएका छैनन् । सरकारी कार्यालयमा नागरिक बडापत्र नभएका कारण सेवाग्राही अलमलमा पर्ने गरेका छन् ।
सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई ब्यवस्थित, विश्वसनीय र जवाफदेही बनाउन नागरिक बडापत्र राख्नुपर्ने सरकारी प्रावधान छ । बडापत्रमा सम्बन्धित कार्यालयले दिने सेवा, त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि र पेस गर्नुपर्ने कागजात तथा सेवा प्रदान गर्न लाग्ने समयावधि उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
यसका साथै, सेवा प्राप्त गर्दा कुनै दस्तुर लाग्ने भए सोको विवरण, सेवाप्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू, क्षतिपूर्ति प्राप्त हुने भए क्षतिपूर्तिवापत दिइने रकमसमेत बडापत्रमै उल्लेख हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।
कैलालीको बर्दगोरिया गाउ“पालिकाको कार्यालयमा नागरिक बडापत्र नै राखिएको छैन । भने धनगढीस्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा राखिएको नागरिक बडापत्रमा लेखिएको अक्षर नबुझिने, अस्पष्ट रहेको पाइएको छ ।
त्यस्तै, मालपोत कार्यालय टीकापुर परिसरमा राखिएको नागरिक बडापत्रमा समेत लेखिएको अक्षर नदेखिने अवस्थामा छ ।
सरकारले २०६९ सालबाटै क्षतिपूर्तिसहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याई बढी जनसम्पर्क हुने विभिन्न सार्वजनिक निकायमा यस किसिमको बडापत्र लागू गरेको छ । तर, आमसेवाग्राहीलाई यस किसिमको बडापत्रका विषयमा कम जानकारी हुनुका साथै क्षतिपूर्ति दाबीको प्रक्रियासमेत धेरै सहज बन्न नसकेका कारण यसको प्रभावकारिता अपेक्षाकृत रूपमा हासिल हुन सकेको पाइ“दैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार