१४ बैशाख २०८१, शुक्रबार

विकास आयोजना निर्माणमा गति लिंदै जोशीपुर



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा  कैलालीको जोशीपुर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि प्रस्तावित विकास आयोजनाको निर्माण कार्य तीब्र बनाएको छ ।

जोशीपुर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि आफ्नो स्रोतबाट एक सय ३४ वटा योजना तर्जुमा गरेकोमा आर्थिक वर्षको दोस्रो चौमासिकको अवधिमा २० वटा योजनाको निर्माण कार्य पुरा गरेको छ । भने ३८ वटा योजनाको निर्माण कार्य शुरु गरिसकेको छ । त्यस्तै, २२ वटा योजनाको निर्माणका लागि प्रक्रिया शुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले १६ वटा विकास आयोजनाको टेण्डर सूचना प्रकाशन गर्ने तयारीमा बताए । त्यस्तै, गाउँपालिकाले अन्य १६ वटा विकास निर्माण आयोजनाको काम पाउने ठेकदार र उपभोक्ता समितिहरु सम्पर्कमा नआएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत बिष्टका अनुसार जोशीपुर बजारदेखि हसनापुर जोड्ने र गढी–घैलाबौनिया–लोहागढ सडक कालोपत्रे कार्यको टेण्डर सूचना प्रकाशित गरिसकेको छ । ती दुई सडकको लागत दुई/दुई करोड रुपैयाँ लागत अनुमान रहेको छ ।
जोशीपुर गाउँपालिकाले सडक ग्राभेल, कालोपत्रे, कल्भर्ट, विद्यालय तथा सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बिष्टका अनुसार जोशीपुर गाउ“पालिकाका सात वटै वडामा चालू आर्थिक वर्ष ११ वटा कल्भर्ट र २९ ठाउँमा ह्युमपाइप निर्माण भइरहेका छन् । त्यस्तै, यस वर्ष आर्थिक वर्षमा ७१ दशमलव छ सय ७६ किलोमिटर सडक ग्राभेल भइरहेको छ ।
त्यस्तै, जोशीपुर गाउँपालिकामा विद्यालय र समुदायको ३३ वटा भवन, आठ सय १० मिटर पर्खाल, आठ वटा गेट, चार सय ४३ मिटर नाली तथा पाँच वटा ड्याम निर्माण भइरहेका छन् ।
त्यस्तै, चालू आर्थिक वर्षमा मन्दिर मर्मत, चौतारा निर्माण, आश्रमहरु मर्मत, विद्यालय पुस्तक वितरण, फर्निचर वितरण, विद्युत पोल खरिद, खेल मैदान निर्माण, गौशाला निर्माण, खानेपानी आयोजना मर्मत र काठेपुल निर्माण लगायतका एक सय चार वटा अन्य योजनाको निर्माण कार्य पुरा हुने जोशीपुर गाउ“पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार