१४ बैशाख २०८१, शुक्रबार

सुत्केरी मृत्युबारे अस्पतालसंग पाँच बुदे सहमति



धनगढी । सेती अञ्चल अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएको छ ।


सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी धनगढी जुगेडाकी २२ वर्षिया रेखा थापाको बिहिबार मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए ।
थापालाई ४ गते अस्पतालमा भर्ना गरिएको थियो । सामन्य रुपमा बच्चा जन्माउन नसकेपछि उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बच्चाको अवस्था सामान्य छ । तर, थापाको अवस्था भने गम्भिर बन्दै गएको थियो ।
उनको अवस्था गम्भिर बन्दै गएपछि अस्पतालले उनलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरेको थियो । उनको नेपालगन्ज जाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।


अस्पतालले समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाएको र उपचारका क्रममा लापरवाही गरेको मृतक थापाको आफन्तको आरोप छ । मृतकका श्रीमान जयले शल्यक्रियापछि डाक्टरले दुई दिनसम्म उनको उपचारमा वेवास्ता गरेको बताए ।
उनको मृत्युभएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तले प्रदर्शन गरेपछि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको रोहबरमा शुक्रबार दुई पक्षबीच छलफल चलेको थियो । छलफलपछि पाँच बुँदे सहमति भएको छ ।


सहमति अनुसार उपचारका क्रममा के भएको हो भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय भएको छ । छानबिन समितिका लागि बरिष्ठ स्त्रीरोग विशेषज्ञ पठाइदिन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।
यस्तै, नवजात शिशुको निशुल्क उपचार गर्ने, बच्चको शिक्षाको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने, बच्चाको पालनपोषणका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने, बच्चा २४ वर्ष हु“दासम्म अस्पतालमा निशुल्क उपचार गर्ने सहमति पनि भएको छ ।

सम्बन्धित समाचार

सुत्केरी महिलाको मृत्यु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार