१५ बैशाख २०८१, शनिबार

सुत्केरी महिलाको मृत्यु



धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
वेथालागे पछि चैत ४ गते सेती अस्पताल धनगढीमा भर्ना भएकी रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि अप्रेसन गरिएको थियो । मृतकका श्रीमान जय थापाका अनुसार अप्रसन पछि उनको पेट सुन्निएको थियो । उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको उनको आरोप छ । डाक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै सोको उपचार गरेको थियो । तर पेट सुन्निने समस्या यथावत रहेपछि आज विहान मात्रै उपचार सम्भव नसकिने भन्दै कोहलपुर अस्पताल भर्ना गरेको भएपनि अस्पताल नपुग्दै उनको मृत्यु भएको श्रीमान थापाले बताए । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत राखेका छन् ।
सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे थप अनुसानधान गर्न छानविन गर्न कमिटी गठन गर्ने बताएका छन् । बिरामीलाई जण्डिस देखएपछि थप उपचारका लागि रेफर गरिएको अवस्थामा उनलाई थप उपचारका लागि रेफर गरिएको डाक्टर पाण्डेले बताए ।

मृतकबाट जन्मिएकाे बालककाे स्वास्थ्य अवस्था भने सामान्य रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार