१५ बैशाख २०८१, शनिबार

अञ्चल अस्पतालमा सहजै एक्सरे सेवा पाइदैन



धनगढी । बैतडी शिवनाथ गाउँपालिकाकी हिरा चन्द मंगलबार भिडियो एक्सरे गराउन सेती अञ्चल अस्पताल पुगिन् । नियमित ज्वरो आइरहने समस्या भोगिरहेकी ४२ वर्षीया हिरा अञ्चल अस्पताल पुग्दा एकछिन अक्क न बक्क भइन् । कारण थियो– अस्पतालका स्वास्थ्यकर्मीले उनलाई जवाफ दिए– अब कसैको पनि भिडियो एक्सरे हुँदैन ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य विमा) ले उपलब्ध गराएको विमा कार्ड बोकेर उपचार गराउन आएकी उनलाई अञ्चल अस्पतालले भिडियो एक्सरे नगरि फिर्ता पठाएको थियो ।
‘बिमा परिचयपत्रबाट आकस्मिक सेवाको पर्चा काटे । रगत र पिसाव परीक्षण भयो, तर भिडियो एक्सरे गर्न मानेन’ उनले भनिन्– अञ्चल अस्पतालले भिडियो एक्सरे नगरेपछि निजि अस्पतालमा पुगे । उनको भिडियो एक्सरे गर्दा पत्थरी देखिएको थियो ।
सेती अञ्चल अस्पतालमा भिडियो एक्सरेमा एक जनामात्र डाक्टरको दरबन्दी हु“दा भिडियो एक्सरे गराउन आउने विरामीहरुले समस्या झेल्नु परिरहेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । उनले भने– दैनिक ४०÷५० जनाको भिडियो एक्सरे गरिने गरेको छ । उनले मंगलबारमात्र ४३ जनाको भिडियो एक्सरे भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार