१४ बैशाख २०८१, शुक्रबार

अदालतले बर्खास्त एसपीको बयान लियो



कञ्चनपुर । जिल्ला अदालतले प्रमाण नष्ट गरेको अभियोगमा बर्खास्त गरिएका कञ्चनपुरका एसपी डिल्लीराज विष्टको बयान लिइएको छ ।


कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गरेको र बेकसुरलाई यातना दिएको अभियोगमा वर्खास्त गरिएका पूर्व प्रहरी उपरीक्षक विष्ट अदालतले उपस्थितीका लागि ३५ दिने सुचना जारी गरेको १४ दिनमा अदालतमा उपस्थित भएपछि बयान लिएको हो । विष्टको बयान सकेर थुनछेक बहस पनि मंगलबार नै शुरु भएको छ । विष्टको जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा आदालतका कर्मचारीले बयान लिएका थिए ।
४ भदौमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले कञ्चनपुरका पुर्व एसपी डिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का बिरुद्ध यातना कसुर सम्बन्धी मुद्दा दायर गरेका थिए ।
पक्राउ परेका ६ जना प्रहरीलाई कञ्चनपुर अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश प्रसाद भट्ट, प्रहरी सहायक निरीक्षक हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् ।
अदालतको आदेशपछि कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई ९÷९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए । यस्तै निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामी ३ लाख तथा प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए । सो दिन अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो । तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो ।
निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार