१९ बैशाख २०८१, बुधबार

धनगढीमा नेपाल टेलिभिजनको ब्युरो कार्यालय खुल्ने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल टेलिभिजनलाई प्रदेश स्तरसम्म विस्तार तथा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री भट्टले राज्यको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको विस्तार तथा विकासका साथै समुयानुकल प्रतिस्पर्धी र गुणस्तरीय बनाउन समेत प्रदेश सरकार तयार रहेको बताए ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टसँगको मंगलबार मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री भट्टले नेपाल टेलिभिजनलाई अझ बढी विश्वसनीय तथा प्रतिस्पर्धी बनाउन ध्यान दिनुपर्ने बताए ।
यसअघि, कार्यकारी अध्यक्ष डाक्टर बिष्टले मुख्यमन्त्री भट्टसँगको भेटघाटमा नेपाल टेलिभिजनले छिट्टै सुदूरपश्चिम प्रदेशमा ब्युरो कार्यालयको स्थापना गर्ने जानकारी दिएका थिए । कार्यकारी अध्यक्ष डाक्टर बिष्टले आउलो चैत्र महिनाभित्रै धनगढीमा नेपाल टेलिभिजनको सुदूरपश्चिम ब्युरो कार्यालय स्थापना गर्नेगरी प्रक्रिया अघि बढाइएको बताए ।
उनले भने– नेपाल टेलिभिजनको सुदूरपश्चिम ब्युरो कार्यालय स्थापनापछि सुदूरपश्चिम प्रदेशका ज्वलन्त तथा महत्त्वपूर्ण विषयमा समाचारमूलक कार्यक्रम उत्पादन, अन्तर्वार्ता, विशेष समाचार लगायतको बुलेटिन प्रसारण गर्ने योजना रहेको बताए ।
कार्यकारी अध्यक्ष डाक्टर बिष्टले मुख्यमन्त्री भट्टसँग प्रदेश सरकारले नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापनका लागि सरकारी भवन वा जग्गा उपलब्ध गराउन अनुरोध गरे । उनले भने– प्रदेश सरकारले नेपाल टेलिभिजनको ब्युरो कार्यालयको स्वामित्व लिने तथा समयानुकुल र प्रतिस्पर्धी र व्यवसायक बनाउन भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार