१४ बैशाख २०८१, शुक्रबार

ज्येष्ट नागरिकमैत्री सामाग्री हस्तान्तरण



धनगढी । कैलालीका तीन वटा नगरपालिकामा विपद लागि ज्येष्ट नागरिकमैत्री सामाग्री वितरण गरिएको छ ।


धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाका सात वटा वडाका सञ्चालित नेपालमा समावेशी विपद उत्थानशिल प्रयासहरुबाट जोखिपूर्ण समुदायको पूर्वतयारी स्थिति निर्माण परियोजना दोस्रो कार्यक्रम अन्तरगत ज्येष्ट नागरिकलाई सो सामाग्री वितरण गरिएको हो ।
जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले ज्येष्ट नागरिकलाई विपदका बेला आइपर्ने विभिन्न समस्याबाट सुरक्षित हुन सजिलो होस् भनेर ज्येष्ट नागरिकमैत्री खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको हो ।
विपदका लागि ज्येष्ट नागरिकमैत्री सामाग्री वितरण गरिएका वडामा धनगढी उपमहानगरपालिकाको १०, १५ र १८, गोदावरी नगरपालिकाको १ र १० तथा गौरीगंगा नगरपालिकाको १ र ७गरी सात वटा वडा रहेको फायानेपालका कार्यकारी निर्देशक धर्मराज पाठकले बताए ।
पाठकका अनुसार धनगढीको १५ नम्बर र १८ नम्बर वडा, गोदावरीको १ नम्बर वडा तथा गौरीगंगाको १ नम्बर वडामा गरी चार वडामा एक लाख रुपैयाँ बराबरको ज्येष्ट नागरिकमैत्री खोज तथा उद्धार सामाग्री रहेको छ भने बाँकी तीन वडामा ५० हजार रुपैयाँ बराबरको सामाग्री रहेको छ ।
वितरित विपदका लागि ज्येष्ट नागरिकमैत्री सामाग्रीमा नजिक हेर्न मिल्ने चस्मा, आवाज सुन्न कानमा प्रयोग गरिने उपकरण, बैशाखी, लौरो, डोरी, बाल्टिन, लाइफ ज्याकेट, सेप्टीमेट हेल्मेट, हेडलाइट, नाइटभिजन ज्याकेट, सेप्टी बुट, हेण्डमाइक, प्राथमिक उपचार उपकरण, साइरन, त्रिपाल, पञ्जा लगायतका रहेका छन् ।
६० वर्ष पुगेका ज्येष्ट नागरिकको संख्या दिन प्रतिदिनलाई बढ्दै गएको छ । उनीहरु कुनै न कुनै रुपमा समस्यामा परेका हुन्छन् । विपदका बेला केही राहात पुगोस् भनेर उल्लेखित ज्येष्ट नागरिकमैत्री खोज तथा उद्धार सामाग्री उपलब्ध गराएको कार्यकारी निर्देशक पाठकले जानकारी दिए ।
फाटो क्याप्सन ः वितरित नागरिकमैत्री खोज तथा उद्धार सामाग्री र त्यसको सूचीसहित हस्तान्तरण गर्दैगौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवा, उपप्रमुख अञ्चला चौधरी र फायाका कार्यकारी निर्देशक धर्मराज पाठक ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार