१४ बैशाख २०८१, शुक्रबार

राजकाँडा केवलकार निर्माणका लागि अध्ययन गरिदै



धनगढी । कैलालीको मुख्य पर्यटकीय स्थलका रुपमा विकास हुदै गएको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केवलकार निर्माणका लागि अध्ययन शुरु भएको छ । प्राकृतिक रुपमा निकै सुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि पनि प्रशिद्ध छ ।

राजकाँडाबाट देखिएको चिसापानी र कर्णाली ।

सडक यातायात नपुगेको तथा पैदल मार्ग पनि निकै कठिन भएका कारण राजकाँडा भ्रमणमा पर्यटकको संख्या बृद्धि हुनसकेको छैन ।
राजकाँडामा पर्यटन विकासका लागि जाल्पादेवी केवलकार कम्पनीले केवलकार सञ्चालन गर्न अध्ययन शुरु गरेको जनाएको छ । जाल्पा केवलकार कम्पनीले सुदूरपश्चिममा सबैभन्दा बढि लगानी गरेर राजका“डामा पर्यटन विकास गर्ने लक्ष्य सहित प्रारम्भिक लागत सर्भे गरिसकेको जनाएको छ । हाल सो कम्पनीले केवलकार निर्माण तथा सञ्चालनका लागि विस्तृत वातावरणीय प्रभाव मुल्यांकन गराइरहेको छ । कम्पनीका सञ्चालक तथा जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले वातावरणीय प्रभाव मूल्यांकन अध्ययनसंगै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि पनि सर्भे भइरहेको बताए ।
प्रारम्भिक अध्ययनमा चिसापानी–राजकाँडा केवलकार तीन दशमलव दुई किलोमिटर लामो हुने अनुमान गरिएको छ । जिसस कैलालीका प्रमुख थापाले परियोजना डिजाईन भइसकेपछि चिसापानी–राजकाँडा केवलकारको लम्बाई कम हुनसक्ने सम्भावना रहेको बताए ।

राजकाँडाबाट देखिएको सेती र भेरीको संगम ।

उनले चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होम स्टे र रिसोर्टहरु पनि निर्माण गरिने बताए । सो परियोजनाको प्रारम्भिक अध्ययनले दुई सय ५० करोड रुपैयाँ लगानी हुने लागत अनुमान गरिएको छ । सो लगानीमध्ये ४० प्रतिशत स्थानीय लगानीकर्ताले लगानी गर्ने र ६० प्रतिशत चन्द्रागिरी केवलकार कम्पनीले लगानी गर्ने सम्झौता भइसकेको जनाइएको छ । चन्द्रागिरी केवलकार कम्पनीका सञ्चालक चन्द्र ढकालसंग भएको सम्झौतानुसार काम भइरहेको जिसस प्रमुख थापाले बताए ।
जालपादेवी केवलकार कम्पनीले चिसापानीदेखि राजकाँडासम्म केलवकार सञ्चालन गर्न स्टेशन बनाउन र राजकाँडामा रिसोर्ट र होमस्टे सञ्चालन गर्न जग्गा खरिद गरिसकेको उनले बताए । सो परियोजनाको लागत जुटाउन स्थानीय सर्वसाधारणले समेत लगानी गर्न पाउने गरी कम्पनीको शेयर विक्री गरिने उनले जानकारी दिए ।
आगामी चार वर्षभित्र केवलकार सञ्चालन गर्ने उद्देश्य सहित कम्पनीले तिब्र रुपमा काम अगाडि बढाएको जनाएको छ ।
कम्पनीले पर्यटकीय क्षेत्र चिसापानी हुदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि कागजी प्रक्रिया समेत अगाडि बढाइसकेको छ । डिपिआर पुरा भए लगत्तै निर्माणको काम पनि शुरु गरिने उनले बताए ।
केवलकारले चिसापानी र राजकाँडा जोडिएपछि राजका“डा पुग्न करिब २० मिनेट मात्रै लाग्ने छ । केवलकारमा भ्रमण गर्ने पर्यटकहरुले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने छन् । यसले गर्दा राजका“डाको बाटो र पिउने पानीको समस्या समेत समाधान हुने अपेक्षा गरिएको छ ।

राजकाँडाको समस्या र सम्भावना

राजकाँडा जाने भिरालाे बाटाे ।

सडक लगायत पूर्वाधार नबनेका कारण ओझेलमा परेका सुदूरपश्चिम प्रदेका पर्यटकीय गन्तव्य मध्ये मोहन्याल गाउँपालिका वडा नम्बर ७, राजकाँडा पनि एक हो । चिसापानीबाट छ किलोमिटर ठाडो उकालो चढेपछि आउने राजका“डाको प्रमुख समस्या नै चिप्लो र ठाडो बाटो हो । त्यहाँ सुद्ध पिउने पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयले बताए ।
चुरे क्षेत्रको सर्वाधिक उच्चो डा“डा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरैजसो पर्यटकीय क्षेत्र तथा स्थानको सजिलै अवलोकन गर्न सकिने त्यहा पुगेका पर्यटकको अनुभव छ ।
राजकाँडाबाट भेरी र कर्णाली नदीको संगम, तराईमा कर्णालीको तीन भंगाला र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराईका फाँटहरु, भारतमा चलेको रेल, तथा कर्णाली तथा सेतीका हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ ।
अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णालीपुल पनि स्पष्ट रुपमा हेर्न सकिन्छ । राजका“डाको सबैभन्दा अग्लो चुचुरोबाट विश्वकै सबैभन्दा पहिलो सुर्योदय र सुर्यास्त समेत देखिने गरेको स्थानीय उत्तर विष्टले बताए ।
जम्मा दुई घण्टामा उक्लिन सकिने बाटो भएपनि पहाडका उत्पादन तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजका“डाबासीलाई । राजकाँडामा पर्यटकीय सम्भावना मात्रै छैन, त्यहाँको मौसम सधैं भरि हिउँद जस्तै हुनेभएकाले वर्षभरि काउली, बन्दा, गोलभेडा, आलु, लगायतका हिउँदे तरकारी खेती वर्षै भरि गर्न सकिने देखिन्छ । तर बाटो नभएकाले उत्पादन भएका सुन्तला, नासपति, केरा लगायतका फलफू्लले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए ।

राजकाँडाको जालपादेवी मन्दिर ।

राजकाँडाको सम्भानालाई समानका लागि पहिलो प्राथमिकता साथ बाटो बनाइदिन उनले माग गरे । उनले बाटोसंगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा आएका पर्यटकलाई होम स्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताए ।
राजकाँडामा बाह्रै महिना चिसो हुने भएकाले त्यहाँ फलफूल र तरकारी खेती पनि फस्टाउने गरेको छ । सबै भन्दा धेरै र स्वादिष्ट नासपति उत्पादन भएपनि बाटो नभएकै कारण राजकाँडामा उत्पादन भएको नासपतिले बजार नपाउने गरेको बुढाले बताए ।
लम्कीबजारबाट राजकाँडा हुँदै सुंगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो बन्दा बन्दै रोकिएको छ । सो बाटोको ट्रयाक राजका“डासम्म खोलिएको छ । तर बीचमै गएको पहिरो र कटानले गर्दा सो मोटरबाटो कामै नलाग्ने भएको छ । पहिरोले बाटो नै बगेपछि मानिस समेत हिंड्न कठीन भएको छ । सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ । बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटोमा समेत झारहरु उम्रिसकेका छन् । स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि ट्रेकिङ ट्रेल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन् ।
खानेपानी र बाटोको व्यवस्थाका गरिदिए आफूहरुको सम्पूर्ण समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए । “राजकाँडासम्म पुग्ने बाटो नभएकाले यहाको जमीन पनि उपयोग हुन सकेको छैन’ उनले भने– बाटो, विजुली, खानेपानीको अभावले गर्दा यहाँका बासिन्दाहरुले तराईमा जग्गा लिएर बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार