१५ बैशाख २०८१, शनिबार

ग्रेडरको ठक्करबाट युवकको मृत्यु



बैतडी । बैतडीको पाटनमा ग्रेडर मसिनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ छ बजेतिर ग्रेडरको ठक्करबाट थलकुडाका १९ वर्षीय पूर्णानन्द भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भिमदत्त पोलीटेक्नीकल इन्स्टिच्युट, पाटनमा बाली विज्ञान शास्त्र प्रथम वर्षमा अध्यनरत थिए ।
इलाका प्रहरी कार्यालय, पाटनका अनुसार सांझ ६ बजेतिर पाटनबजारबाट एयरपोर्ट जान लागेको ग्रेडरको ठक्करबाट गम्भीर घाइते पूर्णानन्दको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार