१४ बैशाख २०८१, शुक्रबार

विप्लव समुहले देशलाई द्वन्दमा लैजान्छ: सांसद् थापा



धनगढी । सुदरपश्चिम प्रदेश सांसद देबकी मल्ल थापाले विप्लव समुहले देशलाई द्वन्दमा लैजाने खतरा बढेको बताएकी छन् । शुक्रबार नेत्र विक्रम चन्द विप्लवको अपहरणमा परेकी मल्लले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।

नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले अहिलेको नेपाली जनताको ६ दशक शसस्त्र र शान्तिपुर्ण आन्दोलनको बलबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको समयमा शुक्रबार आफुलाई नेत्र विक्रम चन्द विप्लवले आफुलाई अपहरण गरेको प्रति घोर आपत्ती जनाउँदै यस्ता गतिविधीहरुले देशलाई विप्पलव समुहले द्वन्दमा लिने खतरा बढेको बताईन् ।
एक प्रेश विज्ञप्ती जारि गर्दै मल्लले आफना असहमती र विचारहरुलाई शान्ति पुर्ण ढंगबाट जनतामा लैजाने र जनताबाट संविधान समेत परिवर्तन गर्ने अधिकार संविधानमा नै सुनिश्चित गरिएकोले अब देशमा शसस्त्र युद्ध र विद्रोहको औचित्य समाप्त भएको परिबेशमा विप्लप समुहको उक्त गतिविधिले देशलाई अर्को द्वन्दमा लैजाने खतरा समेत रहेको विज्ञप्तीमा उल्लेख छ ।
शुक्रबार आफु बंगल नगरपालिकाको विजगडामा स्वास्थ्य शिविर उद्घाटन गरी अन्तराष्ट्रिय महिला दिवस मनाउन विथ्थडचिर गाउँपालिकाको सुनकुडा जाने क्रममा केदारस्यु गाउँपालिकाको बगडी नजिकबाट आफुलाई १२/१२ जना विप्लपका कार्यकर्ताहरुले अपहरण गरेको बताउँदै मल्लले भनिन, ‘अफुलाई कार्यक्रममा अबरोध पुर्याएको र ३/४ घण्टासम्म जंगलमा लगेर विभिन्न मानसिक तनाब समेत दिइयो ।’ यस्ता गतिविधिको घोर भत्र्सना गर्दै आगामी दिनहरुमा नेकपा विप्लव समुहलाई यस्ता गतिविधि नगर्न आग्रह गरेकी छन् ।
यता नेकपा विप्लव समुहले भने मल्लको अपहरणमा आफनो कुनै पनि संलग्नता नरहेको भन्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ । शुक्रबार बेलुका नेपाल कम्निष्ट पार्टी सेती ब्युरोले प्रेस विज्ञप्ती मार्फत गम्भिर ध्यान आकर्षण गर्दै सुदुरपश्चिम प्रदेश सभासद देबकी मल्लको आफना कार्यकर्ता तथा पार्टीको संलग्नता नभएको उल्लेख विज्ञप्तीमा छ ।
यता सांसद देबकी मल्लले भने आफनो अपहरण विप्लपका कार्यकर्ता बाट नै भएको दाबी गरेकी छन् । विप्लप समुहले आफु चोखिन र प्रहरी प्रशासनको डरले अपहरण नगरेको भनेको हुन सक्ने मल्लको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार