१४ बैशाख २०८१, शुक्रबार

गौरीगंगा कप फुटबल शुरु, पहिलो खेलमा घोडाघोडी विजयी



धनगढी । दोस्रो आमन्त्रित बाह्रवन गौरीगंगा कप फुटबल प्रतियोगिता २०७५ शनिबार कैलालीको मसुरियामा शुरु भएको छ ।

गौरीगंगा ११ स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगितामा घोडाघोडी क्लब सुखडले विजयी सुरुवात गरेको छ । आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको बि टिमलाई ४–० ले पराजित गर्दै घोडाघोडी क्लबले बिजयी भएको हो । घोडाघोडीलाई जित दिलाउने क्रममा दिपेश गुरुङले २ तथा बिकास लामा र रुपेश चौधरीले १÷१ गोल गरेका थिए । दुई गोल गर्दै उत्कृष्ट प्रर्दशन गरेका दिपेश गुरुङ खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगितामा आइतबार दिउसो २ बजे डिएमएसआइटी धनगढी र युनाइटेड दाङकाबीच खेल हुने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन पुर्वमन्त्री तथा नेकपाका नेता लेखराज भट्टले गरेका थिए । उद्घाटन समारोहमा धनगढी उपमहानरपालिकाका मेयर नृपबहादुर वड र गौरीगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवा लगायतको सहभागिता थियो ।
चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताका विजेतालाई तीन लाख र उपविजेतालाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष कलेलले जनाए । उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाई १०÷१० हजार रुपैयाँ पुरस्कार दिइने जनाए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार