१४ बैशाख २०८१, शुक्रबार

अश्द्धवाला क्षेत्रमा महाशिवारात्री मेला



डोटी । डोटी जिल्लाको प्रशिद्ध धार्मिक तिर्थस्थल अश्द्धवालामा महाशिवरात्री पर्वको अवसरमा भब्य मेला लागेको छ ।

अश्द्धवाला क्षेत्रमा रहेको अर्बुदेश्वर महादेवको गुफाको बाहिरी भाग । महाशिवरात्रीको अवसरमा यस क्षेत्रमा भब्य मेला लागेको छ ।

डोटीको सायल गाउ“पालिकामा वडा नं. ५ मा पर्ने अश्द्धवालामा महाशिवारात्री पर्वको अवसरमा डोटी जिल्लाका साथै छिमेकी जिल्लाहरु बझाङ र बैतडीवाट समेत दर्शनार्थीहरु मेला भर्न आउने गरेका छन् । खप्तड क्षेत्रको त्रिवेणी मुहान भएर बग्ने शैलावतीनदी (सायलीगाड) किनारमा अवस्थित अश्द्धवालामा अर्बुदेश्वर महादेवको गुफाहरु र मंदिरहरु रहेको छ । शैलावती नदीलाई स्थानीय भाषामा सायलीगाडका नामले चिनिन्छ ।
शिवरात्रीका पर्वको अवसरमा दिनमा ब्रत बसी गुफामा पुजाआजा र दर्शन गरि सकेपछि भक्तजनरुले भजन किर्तन गर्नुका साथै रातभर डेउडा खेलेर समेत रमाईलो गर्ने गर्दछन् । जिल्लाको अति दुर्गमा क्षेत्रमा रहेको भए पनि धार्मिक हिसावले अश्द्धवाला क्षेत्रको आफ्नै महत्व रहेको छ । यस क्षेत्रमा आई पुजाआजा गर्नाले रोग ब्याधीबाट छुटकारा पाउनुका साथै मनोकामना पुर्ण हुने धार्मिक बिश्वास रहि आएको छ । यहां स्नान, दर्शन र पुजापाठ गर्नाले अर्बुदरोग (क्यान्सर) जस्ता भयानक रोगहरुवाट पनि छुटकारा पाउन सकिने मान्यता छ ।
सायल गाउ“पालिका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार टाढा–टाढा देखि दर्शन गर्न दर्शनार्थीहरु आउने हँुदा खानपान, दर्शन, भजन–किर्तन र बसोबासको समेत ब्यबस्थापन गरिएको छ । अध्यक्ष डुम्रेलले भने, ‘परापूर्व कालदेखि नै यस क्षेत्रमा महाशिवरात्रीमा मेला लाग्ने गरेको छ । यो क्षेत्र पर्यटकिय दृष्टिकोणले पनि महत्वपुर्ण छ । सकेसम्म दर्शन गर्न आउनेहरुलाई दुखः नहोस भन्ने हाम्रो मान्यता हो ।’
यस क्षेत्रमा रहेका प्राचिन गुफाहरु र त्यहा भित्र रहेका सयौ शिवलिंगले दर्शन गर्न जाने भक्तजनहरुको मन प्रफुल्लीत पारेको हुन्छ । स्कन्द पुराणको मानस खण्डको एकसय पच्चिसौ अध्यायमा यस क्षेत्रको बारेमा बर्णन गरिएको छ । गुफा भित्र रहेका गाईको थुन जस्तो आकृतिवाट नियमित तरल पदार्थ झरिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार