१४ बैशाख २०८१, शुक्रबार

निर्माणाधीन घर तोडफोड



कञ्चनपुर । कञ्चनपुरमा अज्ञात समूहले मुक्त हलियाका निर्माणाधीन घरहरुमा तोडफोड गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी १० लाख रुपैयाँ भन्दा बढीको क्षति पुर्याइएको हो । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्काउँ“दा हलिया परिवार समस्यामा परेका छन् ।

फाइल तस्बिर

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउनका लागि जडान गरिएका छ वटा नल पनि चोरी भएका छन् । निर्माण हुँदै गरेका छ वटा घरका झ्यालसमेत चोरी भएको छ ।
भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि दुई लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
‘कार्यालयले पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी ईट्टा, नल र झ्याल चोरी गरेर लगेको छ’, मुक्त हलिया गणेश सुनारले भने, ‘घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पु¥याएपछि बिचल्लीमा परेका छौ“ ।’ ‘पुनःस्थापन हुन पाउ“दा निकै खुशी थियौ’, उनले भने, ‘बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने पीर थपिएको छ ।’
निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा बिहीबार लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताए । प्रहरीले घर भत्काउनेको खोजी गरी कारवाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए ।
अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार