१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम आर्थिक विकासमा अझै पछि : पूर्वप्रधानमन्त्री डा. भट्टराई (भिडियाे)



धनगढी । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुदूरपश्चिममा आर्थिक विकास नहुन नसकेको बताएका छन् ।


पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किरहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै रोजगारी र आर्थिक विकासमा सुदूरपश्चिम अझै पछि रहेको बताएका हुन् । उनले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भएपनि रोजगारी र आर्थिक विकास कमजोर रहेको बताए । उनले सुदूरपश्चिममा राजधानीको विषयमा जन जनताहरुको गुनासो रहेको बताए । उनले प्रदेश सरकार आइसकेपछि विकासका लागि जति तिब्रता लिनुपर्ने हो त्यति गति नपाएको बताए ।
उनले समग्र देशमै रोजगारी र विकासको अवस्था कमजोर रहेको बताउँदै राष्ट्रिय विकास लागि छुट्टै योजना ल्याउन जरुरी रहेको बताए । उनले विकास, समृद्धि र संघीयताका लागि पार्टी भन्दा माथि उठेर काम गर्नुपर्ने महसुस भएको बताए । त्यसका लागि सबै पार्टीहरु मिलेर राष्ट्रिय विकासको मार्गचित्र कोर्नुपर्ने बताए ।

विकासका लागि सरकारले एक वर्षको अवधिमा खासै राम्रो प्रगति गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सत्तारुद्ध दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनप्रतिनिधिहरु समेत सरकारको काम प्रति असन्तुष्ट रहेको भेटिएको बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले अभियानको क्रममा भेटिएको समस्याहरुको प्रतिवेदन बनाएर संघीय संसदमा आफूले पेश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार