२३ बैशाख २०८१, आईतवार

प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार



धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

काठमाडौमा उपचाररत प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएपछि काठमाडौं मेमोरियलमा सारिएको छ ।
उनको छातिमा संक्रमण देखिएको र उक्त संक्रमण क्रमिक रुपमा सुधार भइरहेको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।
सोमबार दिउँसो उनले जाउलो खानु भएको र वोलचाल समेत गरिरहेको मल्लका प्रेश संयोजक ओझाले जानकारी दिए । काठमाडौंको महाराजगंजस्थित प्रहरी अस्पतालमा उपचाररत उनलाइ मनमोहन मेमोरियल अस्पतालमा सारिएको छ । उक्त अस्पतालको आइसियुमा मल्लको उपचार भइरहेको छ ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रदेश प्रमुख मल्ललाइ सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आईतबार राति नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार