१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम महाेत्सव सम्पन्न, तीन कराेडकाे काराेबार



धनगढी । कैलालीको धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव २०७५ आईतबार सम्पन्न भएको छ ।
माघ २१ गतेदेखि शुरु भएको महोत्सवको एक समारोहकाबिच आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले समापन गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री बोहराले बिगतबाट पिछ्डिएको सुदूरपश्चिमको बिकासका लागी केन्द्र सरकारलाई समेत दवाव दिदै सुन्दर सुदूरपश्चिमको निर्माणमा लागी परेको बताए । उद्योगी, व्यवसायीका समस्या सरकारका समस्या भएकाले यि समस्या समाधान गरी व्यवसायीक निति निर्माण गर्ने क्रममा सरकार रहेको उनले बताए ।
व्यापारी बिना सरकारनै अधुरो भएकाले व्यवसायीका समस्या समाधान तर्फ सरकार लागेको उनले बताए । प्रदेश सरकारले पहिलो बर्ष ऐन कानुन निर्माणको बर्ष मानेको बताउँदै मन्त्री बोहराले कर्मचारी अभावमा काम कम देखिएपनि सरकारले बिभिन्न नया“ योजना ल्याएकाले छिट्टै कार्यान्वयनमा आउने बताए । जनताले अनुभुती गर्ने गरी बिकास गर्नका लागी प्रदेश सरकार लागेकाले त्यसमा व्यवसायीले हातेमालो गरेर जानुपर्ने मन्त्री बोहराको भनाई छ । प्रदेश सरकारबाट हुने काममा कुनै कञ्जुस्याँई नगरी केन्द्रबाट माग्ने कुराकोपनि पहल गरिरहेको उनले बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले बिभिन्न कानुनी अडचन र कर्मचारी अभावले प्रदेश सरकारले काम गर्न नसकेको बताए । गौरिफण्टा नाका र धनगढी एयरपोर्ट बिस्तारमा सरकार गम्भिर नभएको मेयर वडले आरोप लगाए । सुदूरपश्चिममा भएका अन्य बिमानस्थलहरु समेत सञ्चालन गरेमा पर्यटक भित्र्याउनमा सहयोग पुग्ने उनको भनाई छ । प्रदेशमा रहेका ठुला पर्यटकिय स्थलमा प्रदेश सरकारले लगानी गर्नुपर्ने र साना पर्यटकिय स्थलको बिकासका लागी स्थानिय तह लागेमा पर्यटकिय क्षेत्रको बिकास चा“डै सम्भव हुने उनले बताए । प्रदेश सरकारले स्थानिय तहले गर्नुपर्ने कामका लागी स्थानिय तहलाई निर्देशन गरी आफुले गर्नुपर्ने काममा तदारुकताका साथ लागेमा अबको ४ बर्षभित्र सुदूरपश्चिमको मुहार फेरीने मेयर वडको भनाई छ ।
महोत्सवमा साढे ३ करोड बराबरको कारोबार हुनुका साथै दुई लाख भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको छ । यस बर्ष समय कम हु“दा खाशै नयाँपन दिन नसकेपनि अर्को बर्ष फरक तरिकाले महोत्सव आयोजना गरिने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार