१४ बैशाख २०८१, शुक्रबार

योजना सम्पादनमा धनगढी देशकै पहिलो



धनगढी । धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ ।

नगर विकास कोषले देशमा रहेका दुई सय १७ वटा नगरपालिकाहरु मध्य धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए । शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले स्थानीय तह बिच राम्रा सिकाईहरु हस्तान्तरण गरिनुपर्ने बताए । उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको नगर प्रमुख वडले बताए । उनले भने, ‘कार्य सम्पादनका उत्कृष्ट काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार