१४ बैशाख २०८१, शुक्रबार

सीमामा संयूक्त गस्ती



धनगढी । भारत नेपाल सीमामा बिहिबार संयूक्त गस्ती गरिएको छ । भारतीय सिमा सुरक्षा वल (एसएसबी) र शशस्त्र सिमा सुरक्षा वल (एपीएफ) ले पिल्लरहरुको संयुक्त गस्त गरेका हुन् ।
पिलर नम्बर एक सय ४१ देखि एक सय ४२ सम्मको झण्डै साढे सात किलोमिटरसम्म गस्ती गरिएको जनाइएको छ ।
गस्तमा दुबै राष्ट्रले बनाएको पिल्लरको हेरचाहका साथै सिमामा हुने तस्करी लगायतका अपराधिक गतिविधी लगायतका बारेमा छलफल भएको जनाइएको छ ।
गस्तीमा विओपी एस आई संजय सिंह, प्रदीप कुमार, चन्द्र कुमार, यसवीर सहित नेपाल एपीएफ के ए बी रोकाया, सशस्त्र सीमा बलका इंस्पेक्टर सतनाम बरार, एपीएफ फुलवारीका निरीक्षक एमके श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार