१४ बैशाख २०८१, शुक्रबार

डिपिएल: धनगढीको लगातार दोस्रो हार



धनगढी । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दुई पटक पराजय बेहोरेको छ ।

सोमबार भएको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सद्वारा पराजित धनगढी स्टार्सले दोस्रो दिन (मंगलबार) बिहानको खेलमा सिवाईसी अत्तरियाद्वारा पराजित भएको हो । अत्तरियाले धनगढीलाई ५ रनले पराजित गरेको छ । ९६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।
धनगढीका लागि राजु रिजालले अविजित रहँदै २६ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । रोहन मुस्ताफाले १८ र कप्तान सोमपाल कामीले १० रन बनाए ।
अत्तरियालाई जिताउने क्रममा भुवन कार्कीले ४ विकेट लिए । यसअघि टस जितेर व्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रन बनाए । बलिङमा धनगढीका रोहन मुस्ताफाले २ विकेट लिए ।
मगलबार दिउँसो १ बजेदेखि हुने खेलमा विराटनगर किंस र रुपन्देही च्यालेन्जर्स भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार