१४ बैशाख २०८१, शुक्रबार

रुस्लान डिपिएलः काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सको विजयी



धनगढी । घरेलु क्रिकेटको चर्चित तथा सबैभन्दा वढी पुरस्कार राशी रहेको रुस्लान धनगढी प्रिमियर लिगका सोमबार भएको खेलमा काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेका छन् । दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाण्डौंले धनगढीलाई ४ विकेटले हराएको हो भने रुपन्देहीले महेन्द्रमाथि दुई रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको डिपिएलको पहिलो खेलमा काठमाडौ गोल्डेन्स विजयी भएको छ । निकै रोमाञ्चक बनेको खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । धनगढीले दिएको १ सय ३३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको काठमाडौ निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा लक्ष्य पुरा ग¥यो । काठमाडौलाई महत्वपूर्ण जित दिलाउने क्रममा गौरभ तोमरले २८ रन, अनिल कुमार शाहले २४ रन तथा अंकित दवासले २९ रनको पारी खेले । धनगढीका लागि रोहन मुस्तफाले ४ विकेट लिए । आमीर हायत र विपीन कार्की ले पनि समान १÷१ विकेट हात पारे ।
यसअघि आज फाप्ला क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । ओपनरद्धय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेट का लागि अमित श्रेष्ठ र सन्दिप रजाली बिच ५२ रनको साझेदारी भएको थियो । अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए । ५० बलको सामना गरेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । सन्दीप ले २८ रनको पारी खेले । पवन सरार्फले १९ तथा सौरभ खनालले अविजित रहदै २५ रन बनाए । काठमाडौका लागि नन्दन यादवले २ विकेट लिए भने ललित राजवंशी र अंकित दवासले समान १÷१ विकेट लिएका थिए ।

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो । टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भए । रुपन्देहीका विक्रम सोवले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १÷१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सवै विकेट गुमाउँदै १११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी १, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा ३, भीम सार्की २ रन बनाउँदै आउट भए । यस्तै कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडे । विक्रम साव १० बलमा १६ रन बनाउँदै अविजित रहे ।

महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल र अविनाश बोहराले २÷२ विकेट लिए। कप्तान शरद भेषावकरले १ विकेट लिए ।
लिग अन्र्तगत मंगलबार पनि दुई खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र सिवाईसी अत्तरिया प्रतिस्पर्धा गर्ने छन् । दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् । निर्धारित तालिका अनुसार डिपीएल शनिबार सुरु हुने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडी धकेलिएपछि सोमबारबाट खेल सुरु भएको हो । प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ। यो प्रस्तावित ड्रिम फाप्ला अन्तराष्ट्रिय मैदान हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार