२३ बैशाख २०८१, आईतवार

खेल तथा स्वास्थ्य सचेतना अभिमुखीकरण



धनगढी । कैलालीको धनगढीमा खेल तथा स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ । अभिमुखीकरण कार्यक्रम शनिबारसम्म सञ्चालन हुने जनाइएको छ ।
अभिमुखीकरण कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच उद्घाटन गरे ।
जिल्ला युवा समिति कैलालीको संयोजन तथा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको कार्यक्रम उद्घाटन समारोहमा नगर प्रमुख वडले केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयमा एउटै प्याकेजमा युवा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा बढि उपलब्धीमुलक हुने चर्चा गरे ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदकी प्रदेश संयोजक अनिता ढुङ्गानाले परिषदले युवालाई उद्यमशिल, स्वरोजगारसंगै खेलकुदमा जोड्ने गतिविधि सञ्चालन गरिरहेको बताइन् ।
कार्यक्रम जिल्ला युवा समिति कैलालीका अध्यक्ष शम्भु कु“वरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार