१५ बैशाख २०८१, शनिबार

च्याउको प्रथम सार्वजनिक सुनुवाई



धनगढी । च्याउ उत्पादन प्रविधि विकास उपआयोजनाको प्रथम सार्वजनिक सुनुवाई बिहीबार भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित पूर्व प्रहरी कृषि सहकारी संस्था लिमिटेडमार्फत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको सहयोगमा सो उपआयोजना सञ्चालन रहेको छ ।

सहकारीका अध्यक्ष जयरूप कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की वडा सदस्य रतना विष्ट प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा वडा सदस्य सन्तोषी शर्मा, नेपाली काँग्रेस कैलाली कार्यालय सचिव धर्मराज ओझा, परिवार दलका खडक नागरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका सचिव धर्म थापाले १२ लाख ३७ हजार ७४ रुपैयाँ अनुदान र शेयर सदस्यबाट १७ लाख दुई हजार पाँच सय ९४ रुपैया गरि २९ लाख ३९ हजार छ सय ६८ रुपैयाँ उपआयोजनाको लागत रहेको जानकारी दिए ।
उनले च्याउ उत्पादनका लागि १० टहरा निर्माण गरिने बताए । उनका अनुसार अहिलेसम्म तीन टहरा पूर्ण रुपमा निर्माण भइसकेको र अन्य निर्माणाधिन अवस्थामा रहेको छ । प्रति टहरा निर्माण गर्न लागि एक लाख ६७ हजार एक सय २५ रुपैयाँ लागत अनुमार रहेको उनले बताए ।
उपआयोजना अन्र्तगत पूर्वाधार निर्माणमा १८ लाख १६ हजार एक सय ६८, मेसिन तथा औजारमा दुई लाख ६१ हजार पाँच सय ५०, क्षमता विकासमा १० हजार, श्रम तथा प्राविधिकमा ९९ हजार, व्यवस्थापन तथा अन्य लागतमा ९० हजार, सहकारी सहयोग अफिस सामाग्रीमा एक लाख २५ हजार तीन सय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार