१४ बैशाख २०८१, शुक्रबार

मेराे गाउँ मेराे ठाउँ भिडियो प्रतियोगित हुँदै



धनगढी । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणासहित ‘वि विल राइज’ फाउन्डेसनले भिडियो प्रतियोगित गर्ने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले सो प्रतियोगिता गर्न लागेको बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनै पनि विषयलाई आधार बनाएर भिडियो तयार पार्न पार्न सक्नेछन् ।
आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन् ।
अधिकतम पाँच मिनेटको हुनुपर्ने भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, वरिष्ठ साउण्ड विज्ञ प्रदीप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन् ।
निर्णायक समितिले भने उत्कृष्ट ठहरिने भिडियोलाई ‘मेरो गाउँ मेरो ठाउँ भिडियो अफ दि इयर’ को घोषणा गर्नेछ । पुरस्कारको राशी एक/एक लाख रुपैंया रहेको छ ।
त्यसैगरी प्रतियोगितामा फष्ट रनर्स अप हुने भिडियोलाई ५० हजार रुपैंयाँ, सेकेण्ड रनर्स अप हुने भिडियोलाई २५ हजार रुपैंयाँ, उत्कृष्ट सम्पादन भएको भिडियो र उत्कृष्ट स्क्रिप्ट भएको भिडियोलाई २५÷२५ हजार रुपैंया“ प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि हुन चाहनेले संस्थाको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार