१४ बैशाख २०८१, शुक्रबार

कैलाली विद्या निकेतन क्यास्पीयन कप च्याम्पियन



धनगढी । धनगढीमा जारी क्यास्पीयन कपको उपाधि कैलाली विद्या निकेतनले जितेको छ । मंगलबार भएको फाइनल खेलमा कैलाली विद्या निकेतनले एक्सीस विद्याश्रमलाई दुई रनले हराएर उपाधी जित्यो । कैलाली विद्या निकेतन गत वर्ष भएको क्यास्पियन कपको उपविजेता हो ।


जितसंगै कैलाली विद्या निकेतनले ३१ हजार रुपैया तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्सीसले १५ हजार रुपैया पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर एक सय पा“च रन बनायो । कैलाली विद्या निकेतनका मुकेश शाह र मिन शाहले १६÷१६ रन बनाए भने तथा करन ऐरले १४ रन बनाए । बलिङतर्फ एक्सीसका मनोज कार्कीले तीन तथा वरुण भाट र हरिश जोशीले २/२ विकेट लिए ।
जितका लागि एक सय छ रनको लक्ष्य पछ्याएको एक्सिस बिद्याश्रम १५ ओभरमा आठ विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो । एक्सीसका वरुण भाटले ३० र अमृत रावतले ३६ रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन । बलिङतर्फ कैलाली विद्या निकेतनका अशोक बुढाले चार तथा मुकेश शाहले दुई विकेट लिए ।

खेलको म्यान अफ द म्याच कैलाली विद्या निकेतनका अशोक बुढा बने । त्यस्तै, एक्सीसका वरुण भाट म्यान अफ द सिरिज बने । भने अमृत रावत उत्कृष्ट ब्याट्सम्यान र राकेश विष्ट उत्कृष्ट बलर बने । त्यस्तै, क्यास्पीयन एकेडेमीका रिकेश लामिछाने उदयमान खेलाडी बने ।
माघ १५ गतेबाट संचालित प्रतियोगितामा कैलालीका २२ वटा विद्यालय सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार