२३ बैशाख २०८१, आईतवार

कैलाली बहुमुखी क्याम्पसमा छात्रवृत्तिमा अनियमिता गरेको आरोप



धनगढी । सुदूरपश्चिमकै अग्रणी कैलाली बहुमुखी क्याम्पसको छात्रवृत्ति वितरणको अन्तर्वार्तामा अनियमितता भएको विद्यार्थीहरुले आरोप लगाएका छन् । क्याम्पसले छात्रवृत्तिमा राजनीतिकरण गरेर सिमित विद्यार्थीहरुलाइ मात्र छात्रवृत्ति दिन खोजेको नेपाल विद्यार्थी संघले आरोप लगाएको हो ।क्याम्पसको छात्रवृत्तिका लागि भएको विद्यार्थीहरुको अन्तर्वार्तामा स्वयम् क्याम्पस प्रशासनले राजनीतिकरण गर्न खोजेको उनीहरुले आरोप लगाएका हुन् । छात्रवृत्ति अन्तर्वार्ताको जिम्मा पाएका कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक ठाकुरप्रसाद ढुङ्गेलले विद्यार्थीहरुबाटै विद्यार्थीहरुको अन्तवार्त लिन लगाएको नेपाल विद्यार्थी संघ कैलाली बहुमुखी क्याम्पसका सभापति गुरुदेव केसी (सुमन)ले बताए ।
प्राध्यापक ठाकुरप्रसाद ढुङ्गेलले पनि विद्यार्थीहरुले प्रश्न सोधेको कुरा स्वीकार गरे ।
क्याम्पस प्रमुख पदमराज जोशीले क्याम्पसमा शनिवारको दिन पनि परीक्षा र अन्तर्वार्तासंगै सञ्चालन भएकाले केही कमजोरी भएको स्विकारे ।
कैलाली बहुमुखी क्याम्पसका स्ववीयु सभापति चुडामणी भट्टले भने आफना प्रतिनिधि राख्ने प्राबधानअनुसार स्ववियु सदस्यहरुलाई अन्तवार्तामा राखेको बताए । तर विद्यार्थीहरुले विद्यार्थीहरुकै अन्तर्वार्ता लिएको कुरामा आफुलाई जानकारी नभएको भट्टको भनाइ छ ।
नेविसंघका विद्यार्थीहरुले क्याम्पसका प्राध्यापकले अन्तर्वार्ता लिनुको सट्टा स्ववीयु पदाधिकारीलाई अन्तर्वार्ता लिन लगाएर क्याम्पसलेनै राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्नुपर्ने छात्रवृत्ति पक्षपातपूर्ण तरिकाले स्ववीयुको नेतृत्व गरिरहेका संगठनमा आवद्ध विद्यार्थीलाई दिन खोजेको विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार