१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा



धनगढी । माघ २१ देखि फागुन २ गतेसम्म धनगढीमा कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी तिब्र बनाइएको छ ।

संघका महासचिव ओमविक्रम विष्टले सबै उपसमितिहरुले महोत्सव आयोजनाको तयारी तिब्र गतिमा अगाडि बढाएको जनाए । उनले महोत्सवको तयारी ७० प्रतिशत भन्दा बढि सकिएको जनाए ।
महासचिव विष्टका अनुसार महोत्सवमा तयार भएका सबै दुई सय वटा स्टलहरु बुकिङ र छपाईको काम सकिएको बताए । स्टल तथा स्टेज निर्माणको कामले पनि ८० प्रतिशत सकिएको विष्टले बताए ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा रहने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको टुंगो लगभग लागि सकेको उनले बताए । महोत्सवमा आयोजना हुने सांस्कृतिक प्रतियागिताका लागि नाम दर्ता गर्ने काम पनि अन्तिम चरणमा रहेको सांस्कृतिक समितिले जनाएको छ ।
संघको निर्वाचनका कारण दुई महिना ढिलो गरी आयोजना भइरहेको महोत्सबमा स्थानीय कला, संस्कृति, पर्यटन, व्यापार, उद्योग र कृषिको प्रदर्शनी पनि मुख्य आकर्षणको रुपमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार