१४ बैशाख २०८१, शुक्रबार

रुस्लान डीपीएल–३ : हिमाल डेन्टल बन्यो डिपीएल–३ को हाइजीन पार्टनर



धनगढी । धनगढीमा आयोजना हुने डीपीएल–३ मा हिमाल डेन्टल हाइजीन पार्टनर हुने भएको छ ।
आज हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमी (डीसीए) का निर्देशक प्रकाश खड्काबीच साझेदारीबारे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । हिमाल डेन्टलसँग नगद र अन्य शीर्षकमा गरी सात लाख रुपैयाँ बराबरको सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार हिमाल डेन्टलले रुस्लान डिपीएल–३ मा सहभागी प्रत्येक खेलाडीलाई पाँच हजार रुपैयाँ बराबरको दाँतको निःशुल्क चेककप गराउने छ ।
रुस्लान डिपीएल आगामी २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा सञ्चालन हुँदैछ । डीपीएल–३ मा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड रहेका छन् ।

सम्बन्धित समाचार 

रुस्लान डीपीएल–३ : लराउण्डर जोन्टी बने डीपीएलको गुडबिल एम्बासडर

बिराटनगर किंग्समा विदेशी खेलाडी अनुबन्धित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार