१४ बैशाख २०८१, शुक्रबार

‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा



लगातार दुइवटा इदमा असफल चलचित्र दिएका बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् । यो चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् । चलचित्रमा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार