१४ बैशाख २०८१, शुक्रबार

पाँच युवा उत्कृष्ट अवार्डबाट पुरस्कृत



धनगढी। युवा कार्य नेपालद्वारा फरक फरक विधाका कैलालीका पाँच जना युवा उत्कृष्ट अवार्डबाट पुरस्कृत भएका छन् ।
धनगढीमा मंगलबार आयोजित अवार्ड वितरण समारोह तथा शान्ति र समृद्धिका लागि युवा अन्तक्र्रिया कार्यक्रममा जनहरी १० हजार रुपैया“ पुरस्कार प्रदान गरियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कार वितरण गरेका थिए ।


युवा कार्य नेपालले पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीलाई भाषा तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कृत गरियो । त्यस्तै, क्रिकेट तथा शिक्षाको विकासमा उल्लेख्य योगदान पु¥याएवापत धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष एवं सुदूरपश्चिमाञ्च एकेडेमीका निर्देशक सुवास शाहीलाई पुरस्कृत गरियो ।
त्यस्तै, आलु रोप्ने मेसिनसहित विभिन्न यन्त्र र उपकरण अविष्कार गरेका युवा वैज्ञानिक राजु रानालाई विज्ञान क्षेत्रमा पु¥याएको योगदानवापत पुरस्कृत गरियो ।
त्यस्तै, लामो समयदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएवापत धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं सेती अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डाक्टर खगेन्द्र बमलाई पुरस्कृत गरियो भने उमशिलता विधामा द्वन्द्व पीडित सीता चौधरीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक खडकराज जोशी, युवा अभियन्ता ठाकुरप्रसाद करियाप्रधान लगायतको उपस्थिति रहेको थियो ।
युवा कार्यक्रम नेपालका अध्यक्ष लेखनाथ निरौला (लक्ष्मी) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका जिल्ला फोकलपर्सन लखन चौधरीबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार