१४ बैशाख २०८१, शुक्रबार

चट्याङ लागी दुई जनाको मृत्यु, चार घाइते



डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
फकर फकर ठाउँमा लागेको चट्यांगमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा मृत्यु भएको हो । चट्याङबाट घाइते देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जनाए ।
भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीया रोशन गम्भीर घाइते भएकी थिइन् ।
यसैगरी आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन् । स्थानीय मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट चट्याङ परी घाइते भएका हुन् । चारै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार