१५ बैशाख २०८१, शनिबार

युवक हत्याको विरोधमा अत्तरिया बन्द



धनगढी । शनिबार एक युवकको हत्या भएको विरोधमा आइतबार कैलालीको अत्तरिया बजार बन्द गरिएको छ ।
शनिबार साँझ अत्तरियामा केही युवाहरूबीचको झगडामा एक जनाको हत्या भएको थियो ।
अत्तरियामा जारी प्रादेशिक सुदूरपश्चिम महोत्सवबाट फर्किने क्रममा केही युवाबीच झगडा हुँदा गोदावरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका थिए ।
युवकको हत्या भएपछि अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव पनि आइतबार स्थगित गरियो ।
महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीब्र पारिएको प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ग्याङ फाइटमा एकको मृत्यु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार