१५ बैशाख २०८१, शनिबार

सरस्वती सामुदायिक वनको चौथो साधारण सभा



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १० मा रहेको सरस्वती सामुदायिक वनको चौथौं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई शनिबार भएको छ । कार्यक्रमको सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले उद्घाटन गरे ।
कार्यक्रममा गौरीगंगा नगरपलिकाका प्रमुख भीम देउवा, लेखा संयोजक गगन धानुक, वडा नम्बर १० का वडाध्यक्ष पदम ऐर, लक्ष्मी सामुदायिक वनका अध्यक्ष बृख धामी, इलाका वन कार्यालय उदासीपुरका प्रमुख जीतेन्द्र महत लगाएतकाले मन्तव्य राखेका थिए ।
समूहका अध्यक्ष देवबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा वन जंगल संरक्षण गरे वाफत १८ जना उपभोक्तहरू सम्मानित समेत भएका छन् । उनीलाई पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य सोडारीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । साधारण सभाले कोषध्यक्ष खडक धामीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४÷०७५ को २ लाख ४६ हजार ६ सय ४३ रुपैयाँ आयव्यय अनुमोदन गरेको छ ।
समितिका सहसचिव मोहन ऐरले सञ्चालन गरेको कार्यक्रममा विभिन्न चेतनामूलक नाटक, नृत्य र गीतहरू प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार