१४ बैशाख २०८१, शुक्रबार

पुलिस क्लवले उचाल्यो तेस्रो खप्तड गोल्डकप



धनगढी । नेपाल पुलिस क्लवले धनगढीमा जारी तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप उचालेको छ । शनिबार भएको कडा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा नेपाल पुलिस क्लवले रुस्लान थ्री स्टार क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो खप्तड गोल्डकपको विजेता बन्यो । जीतसँगै पुलिस क्लवले आकर्षक ट्रफी तथा २१ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको थ्रीस्टारले १० लाख रुपैयाँ पुरस्कार हात पा¥यो । नेपाल पुलिस क्लवका रवि पासवान उत्कृष्ट खेलाडी बन्दै यामाहा १५० सीसीको मोटरसाइकल प्राप्त गरे ।
दर्शकले खचाखच भरिएको धनगढी क्षेत्रीय रंगशालामा चर्को हुटिङबीच पुलिस क्लवले खेलको ६४ औं मिनेटमा पहिलो तथा तेस्रो नेपाल आइस सुदूरपश्चिम अप्तड गोल्डकपको उपाधिका लागि निर्णायक गोल ग¥यो । पुलिस क्लवलाई तेस्रो खप्तड गोल्डकपको उपाधि दिलाउन नायकको भूमिका निर्वाह गरेका अभिषेक रिजालले सो गोल गरेका थिए ।
दुवै टोली गोल गर्ने हरसम्भव प्रयास गरिरहँदा खेलको ६४ औं मिनेटमा उपाधिको निर्णय भएको थियो । पुलिस क्लवका निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । अभिषेक नै फाइनल खेलको म्यान अफ द म्याच बने ।
प्रतियोगिताका हरेक खेलमा नेपाल पुलिस क्लवले हरेक पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो । फलस्वरूप पुलिस क्लवका खेलाडीले नै म्यान अफ द सिरिज, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा पुलिस क्लवका अनन्तराज थापा, उत्कृष्ट डिफेन्डरमा अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरी तथा सर्वाधिक गोलकर्तामा तीर्थ राना बने ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डरको उपाधि रुस्लान थ्री स्टारका विक्रम लामा बने । प्रतियोगिताको उदयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका भरत टमट्टा बने ।
हरेक विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहमा नेपाली काँग्रेसका नेतृ आरजु राणा देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, आयोजक क्लव सुदूरपश्चिम–११, स्पोर्ट्स क्लवका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव ईन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
पुस २४ गतेदेखि शुरु भएको तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपमा नेपालका ‘ए’ डिभिजन क्लव तथा दुई विदेशी टोली सहित १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार