१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सार्वजनिक लेखासमितिद्वारा अध्ययन शुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको गत आर्थिक वर्षको खर्च विवरणबारे अध्ययन शुरु गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको आंंशिक बजेटको सम्पूर्ण खर्च विवरणबारे मन्त्रालयगत रुपमा अध्ययन थालेको जनाएको छ ।

समितिका सभापति कुमारी नन्दा बमले शुक्रबारको बैठकमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च विवरण अध्ययन गर्ने निर्णय भएको जानकारी दिइन् ।
उनले संसद अधिेबेशन शुरु भएकोले संसदको बैठक नभएको दिन पारेर समितिको अर्को बैठक आयोजना गरिने जानकारी दिंदै सो बैठकमा सामाजिक विकास मन्त्रालयका सचिवलाई बोलाएर खर्च बारे छलफल गरिने बताइन् ।
सभापति बमले समितिका १३ वटा बैठक समपन्न भएको जानकारी दिंदै १४ औं बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव र १५ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरिएको जनाइन् । उनले अन्य मन्त्रालयको खर्च बिबरणमा छलफल सकिएको र यी दुबै मन्त्रालय बारे छलफल गरेपछि निष्कर्षसहितको प्रतिवेदन प्रदेश सभामा बुझाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार