१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन शुरु (भिडियाे सहित)



धनगढी । सांसदहरुले प्रदेश सरकारको आलोचना र बचाउमा प्रदेश सभाको समय खर्चेका छन् ।

शुक्रबार शुरु भएको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकको समय प्रतिपक्षका सांसदहरुले सरकारको आलोचना र सत्तापक्षका सांसदहरुले सरकारको बचाउ गर्नमै सक्याएका हुन् । प्रतिपक्षका सांसदहरुले सरकारले काम गर्न नसकेको आलोचना गरे भने त्यसको प्रतिवादमा सत्तापक्षका सांसदहरुले सरकारले आफ्नो गतिविधिलाई तिब्रता दिइरहेको बताए । अधिवेशनको पहिलो बैठकमा सांसदहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न पाएको १० मिनेट समयमा सांसदहरुले सरकारको आलोचना र बचाउ गरे ।
एक घण्टा चलेको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक तारा लामातामाङ र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रणबहादुर रावल, सांसद्हरु वीरमान चौधरी, मानबहादुर धामी, मालामतिकुमारी राना र भरतबहादुर खड्का गरी ६ जना सांसदहरुले बोलेका थिए ।

कांग्रेस संसदीय दलका सचेतक रावलले सरकारले संसदलाई चाँसो नै नदिएकाले बिजनेस पनि दिन नसकेको बताए । उनले सरकारले बजेट कार्यान्वयनदेखि विधेयक निर्माणमा काम गर्न नसकेको भन्दै आलोचना गरे ।
कांग्रेसका सांसद खड्काले प्रदेश सरकारले अहिलेसम्म शुन्य दशमलव ८ प्रतिशत बजेट खर्च गरेकोमा दुःख व्यक्त गरे । उनले सरकारले बजेट कार्यान्वयन नगर्दा सरकार नै महसुस नभइएको टिप्पणी गरे ।
राष्ट्रिय जनता पार्टीकी सासद रानाले सरकारले बजेट आसेपासेलाई बाँडेको आरोप लगाइन् ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तामाङले सरकारले आफ्नो गति लिएको बताए । उनले सरकारले बजेट कार्यान्वयन, कानुन निर्माण र राजधानी बनाउने निर्णयलाई कार्यान्वयन गर्ने गतिमा अगाडि बढेको बताए । उनले सरकारले निर्मला पन्त हत्यारा पत्ता लगाउन लगायतको काममा तगरारुकता देखाइरहेको बताए ।
सांसद विरमान चौधरीले संघीयता कार्यान्वयनको चरणमा रहेको बताए । उनले सबै व्यवस्थापन मिलाउँदै जानुपर्ने भएकाले प्रदेश सरकारलाई काम गर्न केहि ढिलाई हुनु स्वाभाविक रहेको बताए ।
सांसद् धामीले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढिरहेको बताए । उनले सरकारले आर्थिक सुचकांक दुई अंकले बृद्धि गरेको बताए । उनले कर्मचारी समायोजन विधेयक संघीय सरकारले ल्याएको र त्यो लागु भएमा कर्मचारी समायोजन गरी बजेट कार्यान्वयन बढाउन अगाडि बढाउने बताए ।
सभामुख अर्जुनबहादुर थापाले बैठक अन्त्य गर्दै अधिवेशनको दोस्रो बैठक माघ ११ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार