२३ बैशाख २०८१, आईतवार

नवनिर्वाचित पदाधिकारीको सपथग्रहण तथा पदस्थापना



धनगढी । कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको सोमबार सपथ ग्रहण तथा पदस्थापना भएको छ ।सपथ ग्रहण गरिसकेपछि नवनिर्वाचित अध्यक्ष कुँवरले व्यापारीलाई एकजुट गरेर व्यवसायीको हकहितका लागि लड्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यादव भण्डारी, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीनेशराज भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार