१५ बैशाख २०८१, शनिबार

पुष्प कुँवर ५६ मतले अगाडि



धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा १६२९ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्प कुँवरले ५६ मतले अग्रता कामय गरेका छन् ।
शुरु देखिको अग्रता कायम गरेका कुँवरले प्यानल सहित अग्रता जारी छ । कुँवरले ७२३ र प्रतिव्दन्दी रूपेश स्वाँरले ६६७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार डिल्ली राज अवस्थीले १२५ मत पाएका छन् ।
कुँवर समूह कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवमा अगाडि रहेको छ । कुँवर समूहका उपाध्यक्षद्वय पुस्कर ओझा र शिवराज कुँवरको जीत निश्चित जस्तै भएको छ । ओझा ७६८ र ६९९ मतले अगाडि छन् । कुँवर समूहका अर्का उपाध्यक्ष गगन केसीले ५५६ मत पाएका छन्
कुँवर समूहकै महासचिव ओम विष्ट ७७९ भोट पाएर अघि छन् । उनी तेस्रो पटक महासचिवका उम्मेदवार बनेका छन् । सचिव पदमा पनि कुँवर समूहकै सिद्धराज पनेरू ७४३ मतले अगाडि छन् ।

कुँवर समूहका कोषाध्यक्षका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अव्वु ओझा भन्दा १६ मतले पछाडि छन् । लम्सालले ओझा भन्दा अहले २० मत मतारन्त घटाएका छन् । लम्सालले ६७७ र ओझाले ६९३ मत पाएका छन् ।
अझै ६३२ मतको गणना बाँकी छ । शनिबार भएको निर्वाचनमा २२६१ मत खसेको थियो ।

सम्बन्धित समाचार

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार