१४ बैशाख २०८१, शुक्रबार

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि



धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा ११३८ को गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्प कुँवरको शुरु देखिको अग्रता कायम नै रहेको छ । आइतबार विहान ५ बजेको परिणाम अनुसार कुँवरले २८ मतले अग्रता लिइरहेका छन् ।
कुँवरले ५०४ मतपाएका छन्, मुख्य प्रतिस्पर्धीका रूपमा रहेका रूपेश स्वाँरले ४७६ मतपाएका छन् । यस्तै अध्यक्षकाअर्का प्रत्यासी डिल्लीराज अवस्थीले ७७ मत पाएका छन् ।कुँवर समूह कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवमा अगाडि रहेको छ । कुँवर समूहका उपाध्यक्षद्वय पुस्कर ओझा र शिवराज कुँवरको जीत निश्चित जस्तै भएको छ । ओझा २७० र १४१ मतले अगाडि छन् । कुँवर समूहका अर्का उपाध्यक्ष गगन केसी भने नौ भोटले मात्रै अगाडि छन् । कुँवर समूहकै महासचिव ओम विष्ट १७७ भोटले अघि छन् । उनी तेस्रो पटक महासचिवका उम्मेदवार बनेका छन् । सचिव पदमा पनि कुँवर समूहकै सिद्धराज पनेरू १२४ मतले अगाडि छन् ।
कुँवर समूहका कोषाध्यक्षका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अव्वु ओझा भन्दा ३६ मतले पछाडि छन् ।
अझै ११२३ मतको गणना बाँकी छ । शनिबार भएको निर्वाचनमा २२६१ मत खसेको थियो ।

सम्बन्धित समाचार

पुष्प कुँवर ५६ मतले अगाडि

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार