१४ बैशाख २०८१, शुक्रबार

परशुराम महोत्सवको तयारी अन्तिम चरणमा



डडेल्धुरा । परशुराम धार्मिक पर्यटन महामहोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ५ मा महोत्सव हुन लागेको हो । पुस ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सवको गर्न लागिएको आयोजनक परशुराम नगरपालिका प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीम बहादुर साउँदले बताए ।
“चार धाममध्ये एक प्रमुख धामका रूपमा रहेको परशुराम क्षेत्रको पुरातात्विक धार्मिक महत्व तथा इतिहासबारे प्रचारप्रसार गरी प्रवद्र्धनमा टेवा पु¥याउन महोत्सव गर्न लागिएको हो,” उनले भने ।
बिहीबारसम्म गेट निर्माण स्टल वितरण, महाज्ञयका लागि स्टेज लगायतका संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।
३० गते कलश यात्रासहित महोत्सव उद्घाटन हुने जनाइएको छ । महोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्य पुजन, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्रि कार्यक्रमहरू प्रस्तुत हुने मुल आयोजक समितिले जनाएको छ ।
‘सबै तीर्थ पटकपटक परशुराम एकपटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्त्व दर्शाउँछ । भगवानका १० अवतारमध्ये परशुराम अवतार भएको उक्त धाम डडेलधुराको परशुराम नगरपालिका ५ महाकाली किनारमा रहेको छ ।
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाबाट ९७ किलोमिटर तथा कञ्चनपुर सदरमुकामबाट ५० किलोमिटरको दुरीमा रहेको परशुरामधाम महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ ।
परशुराम धाममा संगम, कुण्ड, विष्णुमन्दिर, चक्रतीर्थ, धर्मद्वार, वरपीपल, छत्रशीला, महालिंग, महाकाली नदी, एला, रेणुका लगायतका प्रमुख धार्मिक स्थल रहेका छन् । यहा“ वामघाट (वाङघाट), परशुराम घाट, देवघाट, परीकुण्ड, श्रीकुण्ड, सप्तङद, एलाथीर्थ, परीतीर्थ, देउराहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार